निर्धन उत्थान द्वारा बिमा क्षतिपूर्ति वितरण

 

  ०५ गते बुधबार /.बारा ,निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढ बाराले आफ्नो बित्तिय संस्था संग कारोबार गरेका आदर्श कोतवाल गा.पा.वार्ड नं. ८ लक्ष्मीपुर कोतवाली  टोलका मनमतिया कनुईनलाई बिमा रकम मृत्युपोरान्त मृत्यु दाबी भुक्तानी गरेको छ ।

बिगत २० बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड  सिम्रौनगढ शाखाले आदर्श कोतवाल गा.पा.वार्ड नं. ८ लक्ष्मीपुर कोतवालीमा संचालन गर्दै आएको कोतवाली ख महिला समूहका सदस्य स्वर्गिय मनमतिया कनुईनका छोरा सुरेश प्रसाद साह कानुलाई शाखा कार्यालय सिम्रौनगढका शाखा प्रमुख  श्री हसमुदिन मियाले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको छ ।

कोतवाली ख महिला समूहका सदस्य मनमतिया कनुईनले २०७७ माघ  १५ मा समूह जमानीमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि. सिम्रौनगढबाट बिना धितो १ लाख   रुपैया लिएको कर्जाको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड संगको बिमा सम्झौता अनुरुप १ लाख ३० हजार रुपैया स्वर्गिय मनमतिया कनुईनका छोरा सुरेश प्रसाद साह कानुलाई भुक्तानी दिइएको हो । बिगत २०५९ साल  चैत  २४  देखि नियमित रुपमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,सिम्रौनगढ शाखा संग कारोबार गर्दै आउनु भएकी मनमतिया कनुईनको गत चैत  ४  गते निधन भएको थियो ।

बिमा रकम प्रदान गर्दै शाखा कार्यालय सिम्रौनगढका शाखा प्रमुख  श्री हसमुदिन मियाले निर्धन उत्थान सदैब धन नभएका तर केही गर्छु भनि मनमा योजना र सोंच भएका बिपन्न परिवारको सारथी बन्दै आइरहेको र निर्धनको मुख्य उद्धेश्य भनेको आर्थिक अभावका कारण आय आर्जनका लागि कुनै ब्यापार ब्यबसाय गर्न नसकेका बिपन्न तथा गरिब घर परिवारलाई महिलाहरुको सामुहिक जामनीमा ऋण दिने र समूह र केन्द्रको प्रतक्ष्य निगरानीमा लगानीको सही सदुपयोग भए नभएको अनुगमन गर्दै आएको बताउदै निर्धन  उत्थान लघुबित्त बित्तिय संस्था लि.मर्दा र पर्दा अर्थात सुख र दुख को साथी भएको बताउनु भएको छ । 

यसै गरि मृतकका छोरा सुरेश प्रसाद साह कानुले जिबन बिमाले अकल्पनिय रुपमा हुने दुर्घनालाई रोक्न त सक्दैन तर दुर्घटनाबाट हुने मानबिय क्षतिको जिम्मेवारी लिने भएकोले सबैले अनिवार्य रुपमा जिवन बिमा गर्नु पर्ने बताउदै निर्धन उत्थान लघुबित्त बित्तिय सन्स्था लिमिटेड,शाखा कार्यालय सिम्रौनगढले अझै बढी जनता माझ सेवा प्रदान गरि प्रगति गर्दै जावोस भनी कामना गर्नु भएको छ । 

यसै गरि सोही वडाका समाजसेवी श्री सिफाकत मिया अन्सारीले   लघुबित्त कर्जाबाट लिएको रकमलाई सही ठाउमा लगानी गर्न सके कुनै पनि सदस्यको आर्थिक रुपमा प्रगति हुने बताउदै ऋण लिने भनेको ब्यापार ब्यबसाय तथा लघु उधम जस्ता कार्यहरुमा लगानी गर्न आर्थिक अभाव भएको बेला हो । ऋण पाइयो भन्दै जथाभाबी नलिएर चाहिएको बेला चाहिएको ऋण लिएर आवस्यक ठाउमा उपयोग गर्न सके मात्र आर्थिक रुपमा र सामाजिक रुपमा प्रगती गर्न सकिने बताउनु भएको छ ।

कार्यक्रममा आदर्श कोतवाल गा.पा.वार्ड नं. ८ लक्ष्मीपुर कोतवालीकै श्री नैमोदिन जी   ,कोतवाली ख महिला  समूहकी केन्द्र उप प्रमुख फात्मा खातुन   ,स्वर्गिय मन्मतीया कनुईनका छोरा  सुरेश प्रसाद साह कानुले  बोल्नु भएको कार्यक्रममा केन्द्र संचालक  श्री उजय प्रसाद यादवको संचालन र कोतवाली ख महिला  समूहकी केन्द्र  प्रमुख सेवनी खातुनको सभापतित्वमा आदर्श कोतवाल गा.पा.वार्ड नं. ८ लक्ष्मीपुर कोतवालीमा  कार्यक्रम सम्पन्न भएको हो ।

Post a Comment

Previous Post Next Post

Social media icon

Youtube

#